राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।

Bhancha ghar0

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.