६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

आर्थिक सर्वेक्षणअनुसार चालू वर्षको चैत मसान्तसम्म कुल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन नियमित भइरहेको छ।

Dadeldhura hospital

चालु आवमा १ हजार ६ सय २९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो। त्यसमा रसुवागढी आयोजनाबाट १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको सर्वेक्षणमा उल्लेख छ।

Navadurga sun
Godawari sandesh

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२.६८, माथिल्लो त्रिशुली थ्री बीको भौतिक प्रगति ६१.५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको भौतिक प्रगति ८६ प्रतिशत र मध्यभोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ।

Loading...