नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार बढ्यो, ५.८४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

काठमाडौं, १४ जेठ– यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार रूपैयाँले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक १ लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालु आर्थिक वर्ष १८ हजार रूपैयाँ बढेको हो।

शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण-२०७८ अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख ६४ हजार ५ सय २१ रूपैयाँ पुगेको अनुमान गरिएको छ।

Navadurga sun

हाल अर्थतन्त्रमा उपभोगको हिस्सा ९०.७ प्रतिशत बराबर छ। गत आर्थिक वर्षमा यस्तो हिस्सा ९२.३ प्रतिशत थियो। उपभोगमा ११.५ प्रतिशत वृद्धि भएको छ।

त्यस्तै चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्र ५.८४ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष ४.२५ प्रतिशत वृद्धि भएको थियो।

प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन्। आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा पहिले संघीय संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ। संविधानमै हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...