गेटा मेडिकल कलेज सञ्चालनका लागि १५ हजार हस्ताक्षर संकलन, भोली प्रशासनलाई बुझाइने

अत्तरिया, १४ जेठ– गेटा मेडिकल कलेज सञ्चालनका लागि दबाव दिन संघर्ष समिति अत्तरियाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा करिब १५ हजार हस्ताक्षर संकलन गरिएको छ ।

शुक्रबार र शनिबार दुईदिन सञ्चालन गरिएको उक्त अभियानमा सो संख्यामा हस्ताक्षर संकलन भएको सघर्ष समितिले जनाएको छ । संकलन गरिएको उक्त हस्ताक्षर आइतबार (आज) बिहान १० बजे जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाईने संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले जानकारी दिएका छन ।

Navadurga sun

यसैबिच समितिले हस्ताक्षर अभियानमा सहभागि हुने सम्पूणर्लाई धन्यावाद ज्ञापन समेत गरेको छ । भोली नेपाल सरकारको बजेट भाषण कार्यक्रम पनी भएको हुँदा बजेटको प्रकृती हेरी संघर्षका थप कार्यक्रमबारे टुंगो लगाईने संयोजक पाण्डेले बताएका छन् ।

अत्तरियामा संघर्ष समितिले बुधबार देखि यथासिघ्र प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि माग गर्दै आन्दोलन गर्दै आएको छ । समितिले आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजन गरी मेडिकल कलेजको मोडालिटी निर्धारण गरी नीति निर्माण नगरिए थप संघर्षका कार्यक्रम संचालन गर्ने जनाएको छ ।

गेटामा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार तयार गरिएको छ । तर सरकारले अहिलेसम्म सञ्चालनको प्रारुप भने टुंगो लगाएको छैन् । मेडिकल कलेजको कार्ययोजनाले २०७७ सालदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो । तर अहिलेसम्म पनि कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...