सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको अध्यक्षमा पत्रकार पुष्पराज जोशी चयन

धनगढी, १४ जेठ- सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखामा पत्रकार पुष्पराज जोशी अध्यक्षमा चयन भएका छन् ।

Bhancha ghar0

यसअघि राष्ट्रिय सञ्जालका रुपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रुपमा महासंघमा परिणत भएको हो । सञ्जालबाट महासंघमा परिणत भएपछिको प्रथम अधिवेशनबाट पत्रकार जोशी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा रसुता जैरु, सचिवमा विजय राना, सहसचिवमा कामदेव ओझा, कोषाध्यक्षमा देवबहादुर बिक र सदस्यहरुमा जमुना न्यूरे, चन्द्रकान्त पनेरु, राजन जैगडी, नवराज जोशी, झलनाथ खनाल, चन्द्रकला बिक, चन्द्र खनाल, धनबहादुर चौधरी, पुष्कर पौडेल, सुदर्शन श्रेष्ठ, समीरप्रसाद भट्ट, सुनिता विकलाई चयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.