अत्तरिया, १४ जेठ- कैलालीको अत्तरियामा “रक्तदान जीवन रक्षा अभियान” भन्ने मूल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशको प्रायोजनमा सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

सुदूरपश्चिम सामुदायिक अस्पतालको प्राङ्गणमा गरिएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको अस्पतालका प्राशासन प्रमुख खेम भट्टले बताए ।
उक्त रक्तदान कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष आनन्द भट्टले आफूले १९ औं पटक रक्तदान गरेको बताए । अहिले बिरामीको चाप बढ्ने समय भएपनि कैलालीको ब्लड बैंकमा रगतको अभाव भएका कारणले रक्तदान कार्यक्रमको आयोजना गरेको उनले बताए ।