बैतडीमा ढुंगा लागेर एक महिलाको मृत्यु

Bhancha ghar0

बैतडी, १४ जेठ– बैतडीमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका वडा नं. १ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

शुक्रबार साँझ वडा नं १ को आफ्नो घरबाट वडा नं ३ स्थित घरमा धान ल्याउनका लागि गईरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर मैनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए । साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.