गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा विरोध प्रदर्शन

धनगढी, १४ जेठ– कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गरिएको छ । शनिवार उद्योग वाणिज्य संघ, कैलालीको आयोजनामा धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध र्‍याली निकालिएको हो ।

Bhancha ghar0

त्यसपछि पार्क मोडमा भएको विरोध सभामा सम्बोधन गर्दै विभिन्न व्यक्तिहरुले मेडिकल कलेज सञ्चालनमा सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए ।

उनीहरुले जेठ १५ गते सार्वजनिक हुने नेपाल सरकारको बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.