कैलालीमा मेडिकल कलेजका नाममा बेकारको आन्दोलन भइरहेको छ : डा. आरजु

धनगढी, १४ जेठ- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका नाममा आन्दोलन गरेर भ्रम सृजना गर्ने काम भइरहेको बताएकी छन् । उनले उक्त आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन् ।

Ganyapdhura gau

भिडियो सन्देश मार्फत उनले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिएकी हुन् ।

Navadurga sun
Dadhaldhura pur

‘गएको चैत्र ४ गते नै ३ सय शैय्याको अस्पताल सञ्चालन गर्ने निणर्य नै भइसकेको छ निर्वाचनका कारण ढिला भएको हो,’ उनले भनेकी छन्, ‘एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो वर्षको बजेटमा बजेट आउँछ । बेकारको आन्दोलन गरेर भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’

उनले गेटा मेडिकल कलेजबारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताएकी छन् । आफूले चुनावमा समेत यस विषयमा बताउँदै आएको उनले स्मरण गराएकी छन् । ‘मैले चुनावको दौरानमा अवगत गराएको थिए र त्यहाँको डाक्टरलाई पनि अवगत नै छ,’ उनले भनेकी छन्, ‘नेपाल सरकारको नियम अनुसार तीन वर्ष अस्पताल चलाएपछि मात्रै क्याम्पस चलाउन सकिन्छ ।’ उनले त्यही नियम अनुसार पहिला गेटामा अस्पताल सञ्चालनमा आउने र पछि प्रक्रिया अनुसार मेडिकल कलेजको काम अघि बढ्ने बताएकी छन् ।

मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभएपछि कैलालीमा आन्दोलन भइरहेको छ । नीति तथा कार्यक्रममा मेडिकल कलेज नसेटिएपछि करिब ९० प्रतिशत पूर्वाधार तयार भइसकेको गेटामा अन्यौलता सृजना भइरहेको छ ।

यहाँ सबै पक्षले तत्काल बजेट व्यवस्था गरेर गेटा मेडिकल कलेजलाई अगाडि बढाउन दबाब दिइरहेका छन् । यही बेला आरजुले आन्दोलनलाई बेकारको आन्दोलन भनेपछि उनको अभिव्यक्ति समेत विवादमा तानिएको छ । यहाँका बासिन्दा झन् आक्रोशित बनेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...