अत्तरिया, १३ जेठ– चुरे गाउँपालिका वडा नं.६ मा नेकपा एमालेले ६ नम्वर कमिटिको समिक्षा मिटिङ्ग गरेको छ । उक्त समिक्षा मिटिङ्ग वडा कमिटि अध्यक्ष रेशम थापाको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

उक्त समिक्षा मिटिङ्गमा चुरे गाउँपालिका ६ का वडा अध्यक्ष प्रेम साउदले बोल्दै हरेक किसिमका धाक धम्की पाएर हामी अगाडी बढेऊ तपाईंहरुले हाम्रा कार्यकर्तालाई हामिलाई जिताउनका लागि तपाईंहरु रात दिन नभनेर खटिनु भो तपाईं सबैलाइ धन्यवाद दिन चाहान्छौ ।
यहाँ केही हाम्रा भित्रका साथिका कारण हामिले उपाध्यक्षलाई गुमाएका छौ हामिले पाटिमा अन्तरघात गर्नेलाई तुरुन्त पार्टीले कार्बाही गर्ने छ । पद पाउँदा पार्टीमा लाग्ने पद नपाए तुरुन्त पार्टी कार्बाही गर्ने छौ । त्यो खाली रहेको ठाउँमा हामी अर्की नयाँ साथिहरुलाई राख्ने छौ ।
नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य हरि शकर योगीले भने पैसा अप्टेरो चीज हो यो पौसामा हाम्रा साथिहरु बिग्रनु भा छैन खुशी लाग्यो । आफ्नो गरिमा चिन्नु पर्छ । यो गठबन्धनमा पनि हामिले जितेर हामिले वडा अध्यक्ष र अध्यक्षले जितेर हामी अगाडि बढेका छौ ।तपाईंको पसिना परिश्रमले हामिले जितेका छौ हामी पार्टीको नाममा कलह मचाउनेलाई कार्बाहि गर्ने छौ । यस्तो गलत प्रवृद्धिलाई हामी तुरुन्त कार्बाहीको दायरामा ल्याउने उनले बताए ।