गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कलेजमै सांकेतिक चेकजाँच

धनगढी- कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै भवन निर्माण स्थलमा सांकेतिक विरोध स्वरुप उपचार तथा चेकजाँच गरिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

नागरिक अगुवा तथा आन्दोलनरत समुहले शुक्रबार कैलालीको गेटा स्थित प्रस्तावित मेडिकल कलेज परिसरमै विरोध स्वरुप बिरामी जाँच गरेका हुन् । बिरामी उपचारको लागि डाक्टर सहितको टोली त्यहाँ पुगेको थियो । बिहिबारबाट सञ्चालन भएको धनगढीमा हस्ताक्षर अभियान शुक्रबार पनि जारी छ ।

Navadurga sun

पूर्वाधार निर्माणको काम ९० प्रतिशत पुरा भइसक्दा समेत मेडिकल कलेज सञ्चालनका लागि सरकारले कुनै योजना नल्याएको भन्दै नागरिक समाज, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले धनगढीमा हस्ताक्षर अभियान सञ्चालनसँगै विरोधका विभिन्न कार्यक्रम गरिरहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...