अत्तरिया, १३ जेठ- यथासिघ्र गेटा मेडिकल कलेज सञ्चालनार्थ दबाव दिन कैलालीको अत्तरियामा हस्ताक्षर अभियान संचालन गरिएको छ ।
गेटा मेडिकल कजेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले हस्ताक्षर अभियान संचालन गरेको हो ।
उक्त अभियानमा स्वस्फुर्त रुपमा स्थानीयले हस्ताक्षर गरिरहेका छन । अत्तरिया चोकमा भइरहेको हस्ताक्षर अभियान अहिले पनि जारी रहेको छ । अहिले गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरिया र धनगढीमा बिभिन्न बिरोधका कार्यक्रम संचालन भइरहेका छन ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले हस्ताक्षर अभियान भोलि (शनिबार) सम्म जारी रहने र, उक्त हस्ताक्षर संकलन गरेपछि प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई सयुक्त रुपमा हस्तान्तरण गरिने बताए ।