कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद

Bhancha ghar0

धनगढी । कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका-८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो ।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.