गाउँपालिकामा एकल महिलालाई पहिलो प्राथमिकता दिई काम गर्ने : अध्यक्ष चौधरी

धनगढी, १२ जेठ– गाउँपालिकाका नीति निर्माणका साथै हरेक तहमा एकल महिलालाई पहिलो प्राथमिकता दिई काम गर्ने कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् ।

Ganyapdhura gau

कैलारी गाउँपालिकाको हसुलियामा मानवअधिकारका लागि महिला एकल महिला समूह (डब्लू एच आर) सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सीमान्तकृत समुदायको सवालमा आधारित ३ दिने अभिमुखीकरणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राजसमझले सो कुरा बताएका हुन् ।

Navadurga sun

अहिले पनि समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै उनले समाज परिवर्तनका लागि स्थानीय सरकारले कार्यक्रम ल्याउने बताए । उनले भने,‘गाउँपालिकाले पनि एकल महिलाको मुद्दामा काम गरिरहेको छ र सोही मुद्दामा काम गर्ने संघसंस्थालाई पनि सघाउँछौं ।’

Dadhaldhura pur

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले समाजमा उसै पनि महिला पछाडि परेको बताउँदै भनिन्,‘महिला उसै पनि पछाडि छन्, त्यसमा त झन एकल महिला अझ पछाडि परेका छन् ।’ आफू चुनाव जितेर आइसकेपछि अब एकल महिलाका सवालमा काम गर्ने पनि उनले बताइन् । ‘हामी एकल महिलाको सवालमा काम गर्छौं,’ उनले भनिन्,‘क्षमता अभिवृद्धिदेखि सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउने छौं ।’

एकल महिलालाई स्वरोजगार बनाउन गाउँपालिकाबाट सक्दो सहयोग गरिने उनले प्रतिवद्धता जनाइन् । यस्तै गाउँपालिकाका ९ वटै वडाध्यक्षको तर्फबाट बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र बमले एकल महिलालाई केही समस्या परेमा गाउँपालिकाका ९ वटै वडा तहमा रहेको वडा कार्यालयमा गएर आफ्ना समस्या राख्न सक्ने बताए ।

उनले भने,‘तपाईहरुका हरेक समस्याको समाधानका लागि हामी वडा तहबाटै प्रयत्न गर्नेछौं, सक्नेजति वडामै र नसक्नेलाई पालिकामा पठाई सहयोग गर्नेछौं ।’ वडाकै बजेटबाट एकल महिलालाई स्वरोजगारमूलक कार्यक्रमका साथै अन्य सहयोग पनि गरिने उनले बताए । वडा कार्यालय भनेको जनताको पहिलो दुःख पीडा विसाउने चौतारी भएको बताउँदै उनले भने,‘गाउँघरका पीडा दुःख बिसाउने पहिलो चौतारी भनेकै वडा कार्यालय हो, हामी त्यहाँ आएका समस्यालाई सहजै समाधानका लागि काम गर्नेछौं ।’

कार्यक्रममै कैलारी गाउँपालिकामा जननिर्वाचित पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवती चौधरीलगायत ९ वटै वडाका वडाध्यक्षहरुलाई खादा र टीका लगाइ सम्मानित गरिएको थियो । मानव अधिकारका लागि महिला एकल महिला समूह सुदूरपश्चिम प्रदेश संयोजक सुमन शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन प्रादेशिक कार्यक्रम संयोजक वेद अवस्थीले गरेकी थिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...