दनपा–२ का वडा अध्यक्ष बोहराले गरे पदभार ग्रहण, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बैतडी, १२ जेठ- बैतडीको दशरथचन्द नगरपालिका वडा नं. २ मा सुत्केरी महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष सुर्य बहादुर बोहराले पदभार ग्रहण गर्दै वडा भित्र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताएका हुन् ।

Bhancha ghar0

त्यस्तै गरिब परिवार पहिचान गरि विद्युतीय मिटर जडान निःशुल्क गर्ने, विपन्न विद्यार्थीहरुलाई कक्षा १० सम्म निःशुल्क पढाउने समेत वडा अध्यक्षले बताएका छन् ।

बिहीबार पदभार ग्रहण गरेका नवनिर्वाचित वडा अध्यक्ष बोहराले इमान्दारीता पूर्वक जनताको सेवा गरि वडा भित्रका हरेक समस्या हल गर्नेतिर आफनो ध्यान केन्द्रीत रहने बताएका छन् । यस अघि वडा नं. २ मा काँग्रेसको सरकार थियो । अहिले भने एमालले जितेको छ ।

Leave A Reply

Your email address will not be published.