पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा धनगढीमा प्रदर्शन

धनगढी, १२ जेठ– धनगढीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । एमालेको भातृ संगठन राष्ट्रिय यूवा सघं नेपाल धनगढी उपमहानगर कमिटी र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै धनगढीमा प्रदर्शन गरेको हो ।

Bhancha ghar0

नेकपा एमाले जिल्ला पार्टी कार्यालयबाट सुरु भएको बिरोध र्याली मुख्यमन्त्री तथा मन्त्री परीसदको कार्यालय पुगेर कोण सभामा परिणत भएको थियो ।

राष्ट्रिय यूवा सघं नेपाल धनगढी उपमहानगर कमिटीका अध्यक्ष अबिशेक नाथले मूल्य वृद्धिले गरिब नागरिकलाई समस्या परेको हुँदा मूल्य वृद्धि फिर्ता गर्न माग गरेको बताए । सरकारले मूल्य वृद्धि फिर्ता नगरेसम्म संघर्षका कार्यक्रम जारी रहने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.