बैतडीको पुर्चोडीमा सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दिने

बैतडी, ११ जेठ- बैतडीमा सहिद परिवारहरुलाई सम्मान स्वरुप निर्वाह खर्च उपलब्ध गराउने भएको छ । जिल्लाको पुर्चोडी नगरपालिकाले सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवार वार्षिक २५ हजारका दरले खर्च उपलब्ध गराउने निणर्य गरेको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै उक्त निणर्य गरेका बताइएको छ ।

Bhancha ghar0

साथै जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निणर्य समेत गरिएको छ । त्यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चोडी हाट स्वास्थ्य चौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरे सहितको चिकित्सकीय सेवा सुचारु गर्ने निणर्य पनि गरिएको छ ।

त्यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निणर्य पनि भएको छ । पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चोडी घोषणा गर्ने निणर्य पनि गरिएको छ ।

Leave A Reply

Your email address will not be published.