धनगढी, ११ जेठ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शान्ति अधिकारी र हरि क्षेत्रिले धनगढी १६ का नवनिर्वाचित अध्यक्ष रामलाल चौधरी (माईकल) लाई निः शुल्क अटो रिक्सा हस्तान्तरण गरेका छन् ।

गरिब, असाह, जेष्ठ नागरिक, किसान, मजदुर, अपांगलाई वडा कार्यालयको काममा आवतजावतको सहजताका लागि अध्यक्ष चौधरीलाई निः शुल्क अटो रिक्सा हस्तान्तरण गरेका हुन् ।
स्थानिय तथा बिभिन्न नेता तथा कार्यकर्ताको उपस्थीतीमा निः शुल्क इ अटो रिक्सा हस्तान्तरण गरिएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए । जसले गर्दा धनगढी १६ का गरिब, असाह, जेष्ठ नागरिक, किसान, मजदुर, अपांगलाई वडा कार्यालयको काममा सहजता प्राप्त हुने बिश्वास लिइएको छ ।