अत्तरिया, ११ जेठ- डोटीका स्थानिय अग्रज ब्यक्ती हरिप्रसाद पन्तको आज अन्त्यष्टी गरिएको छ । उनको आज बिहान गोदावरी आर्यघाटमा अन्त्यष्टी गरिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढी स्थित नोभा हस्पिटलमा उपचार गराइरहेका पन्तको मंगलबार साँझ उपचारका क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेस जेष्ठ राजनीतिज्ञ परिषद सदस्य समेत रहेका पन्तको पार्थिव शरीरमा कांग्रेस प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर लगायतका नेताहरुले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । उनको अन्त्यष्टीमा समाजका बिभिन्न क्षेत्रका ब्यक्तीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
शिखर नगरपालिका वडा नं. ९ स्थायी घर भएका स्व. पन्त दर्जन बढी संघ संस्थामा आवद्ध रहेका थिए । २००२ मा जन्मिनु भएका पन्तले आफ्न्नो जीवनकाल सामाजिक क्षेत्रमै बिताएका थिए ।
यसै बिच पन्तको निधन प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन । मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा स्व. पन्तले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रय भुमिका निर्वाह गर्नुका साथै सामाजिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय भुमिका निर्भाह गर्नु भएको उल्लेख छ । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तिको गुमाएको उल्लेख गर्दै पार्टी सभापति एवं प्रधानमन्त्रीले शेर बहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।