निर्णमाणाधिन गेटा मेडिकल कलेज छिटो सन्चालन हुनुपर्ने भन्दै अत्तरियामा प्रदर्शन

अत्तरिया, ११ जेठ- कैलालीकाे गेटामा निर्णमाणाधिन गेटा मेडिकल कलेजको विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै कैलालीमा स्थानिय बिरोध जनाएका छन ।

करिब ९० प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको उक्त मेडिकल कलेजलाई सरकारले सन्चालनको लागी बेवास्ता गरेको आरोप स्थानीयको रहेको छ । बरु सरकारले डडेल्धुरामा मेडिकल कलेज खोल्ने निती तथा कार्यक्रममा उल्लेख गरेको छ । धेरै स्थानियले सामाजिक सन्जाल मार्फत पनि बिरोध जनाएका छन ।

Bhancha ghar0

अत्तरियामा पनि बिरोध : कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा मेडिकल कलेज सन्चालनको कार्य अगाढी बढाउनु पर्ने भन्दै बुधबार अत्तरिया चोक बिरोध प्रदर्शन गरिएको छ ।

स्वतस्फुर्त नागरिक दबाब समुहले चक्का जाम समेत गरेको छ । यँहाका स्थानियले छिटो भन्दा छिटो गेटा मेडिकल कलेज सन्चालनमा आउनुपर्ने बताएका छन । कुनै पनि बाहानामा यसलाई रोकेर अन्य ठाउँमा मेडिकल कलेज खोल्ने कुरा स्विकार्य नहुने उनिहरुको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.