धनगढीमा बुधबारदेखि ३ दिनसम्म विद्युत सेवा अवरुद्ध हुने

Bhancha ghar0

धनगढी, ११ जेठ- कैलालीको धनगढी उपमहानगरपालिकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । जिल्लाको सहिद गेटदेखि क्याम्पस चोकसम्म सडक विस्तार भइरहेकाले बुधबारदेखि शुक्रबारसम्म बिहान ८ बजेबाट दिउँसो १२ बजेसम्म बेला फिडर र मनहेरा फिडरबाट सञ्चालित विद्युत लाइन आंशिक रुपले अवरुद्ध हुने विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

त्यस्तै बुस कटिङ गरिने भएकाले हसनपुर फिडरका लाइन समेत बुधबार अवरुद्ध हुने विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले बताएको छ ।

Leave A Reply

Your email address will not be published.