सहकारी संस्थाबाट ५ लाख २१ हजार बढी नगद चोरी

बझाङ, ११ जेठ– बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चोरी भएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नं. २ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट ५ लाख २१ हजार ८ सय ५ नगद चोरी भएको हो ।

Bhancha ghar0

आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ तोडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ ।

उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो । चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.