अपाङ्ग अशक्तहरुसँग सहज रुपमा भेटघाटका लागि गोदावरीका नगर प्रमुख भट्टले कार्यकक्ष भुँइतलामा सारे

अत्तरिया, १० जेठ- कैलालीको गोदावरी नगरपालिकाका नबनिर्बाचित नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो कार्य कक्ष दोस्रो तलाबाट भुँईतलामा सारेका छन् ।

Bhancha ghar0

अपाङ्ग असक्तहरुलाई दोस्रो तलामा जान गाह्रो हुने भएकाले उनिहरु संग सहज रुपमा भेटघाट गर्न सकियोस भन्ने हुतुले कार्यकक्ष भुँईतलामा सारिन लागिएको हो ।

अहिले भुइँतलामा मेयर बस्ने कक्षको निर्माण कार्य भैरहेको छ । केही दिनमा तल सर्ने कार्य योजना रहेको नगरपालिका स्रोतले जनाएको छ । उपमेयरको कार्यकक्ष भने भुँइतला मा रहँदै आएको छ । यसअघिका मेयर हरि सिँ साउँद दोस्रो तलामा कार्य कक्ष बनाएर बसेका थिए ।

Leave A Reply

Your email address will not be published.