धनगढी, १० जेठ- कैलालीको घोडाघोडीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ । घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो । गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु हुनेमा लम्की-चुहा नगरपालिका २ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ ।