कञ्चनपुरका सीमानाका १४ गते देखि ४ दिनका लागि बन्द हुने

Bhancha ghar0

कञ्चनपुर, ९ जेठ- कञ्चनपुरका सीमानाका १४ गते देखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका बन्द हुने जनाएको हो ।

जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा क्षेत्रनम्बर ५५ को उपनिर्वाचनका हुने भएकाले सीमा बन्द गरिन लागेको बताइएको छ । गड्डाचौकी लगायतका नाका १४ गते बेलुकी ५ बजे देखि १७ गते ५ बजेसम्म बन्द रहने र सो अवधिमा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.