
धनगढी, ९ जेठ– कैलालीमा गुडिरहेको बस नालीमा गएपछि दुर्घटना भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा गएको हो ।
प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो । गुडिरहेकै बेला बसको स्टेरिङ फेल भएपछि अचानक नालीमा गएको थियो । बस नालीमा गएपछि बसमा सवार ४ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई घोडाघोडी अस्पताल लगिएको छ ।