डडेल्धुरामा पहिलोपटक सरकारी कर्माचारीलाई अभिनन्दनसहित बिदाई

डडेल्धुरा, ९ जेठ– डडेल्धुरामा पहिलोपटक सरकारी कर्माचारीलाई अभिनन्दनसहित बिदाइ गरिएको छ। प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको हो। विगत ५ वर्षदेखि आलु सुपरजोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई किसानहरुले ३० किलोको माला र बाजागजा सहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराएर अभिनन्दन गरेका छन्।

आलु सुपरजोनमार्फत् प्रविधि प्रर्दशन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायीक आलु खेतीमा किसानहरूलाई अभिप्ररित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाँडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरूलगायत नवदुर्गा गाउँपालिकामासमेत बृहत् आलु खेती तर्फ किसानहरू व्यवसायिक बनेका छन्।

Navadurga sun

जोशी जिल्लाका विभिन्न ठाँउमा बाँझो रहेको ३ सय हेक्टर जमिनमा आलु खेती गराउन सफल भएको बताइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख जोशीकाअनुसार चालुवर्षमा आलु खेती गर्ने किसानहरूको संख्या विगतभन्दा तेब्बरले वृद्धि भएको छ। जोशीले रास्ट्रपति बाट प्रबल जनसेवा श्री पदक समेत पाएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...