कैलालीमा ट्र्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु

धनगढी, ८ जेठ- कैलालीमा ट्र्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्र्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन् ।

Bhancha ghar0

दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नं. १ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटरमा सवार लम्कीचुहा नगरपालिका वडा नं. ७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी छिन उनको उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

ट्र्याक्टर चालक गौरीगंगा नगरपालिका वडा नं. ७ का २७ वर्षीय पुरन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको नायब उपरीक्षक जोशीले बताए ।

Leave A Reply

Your email address will not be published.