
धनगढी, ७ जेठ- धनगढीको नेशनल प्याथ ल्याबका प्रवन्धक हरीसिंह धामीले धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेमा आश्रमलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले जति मतान्तरले हमाल विजयी हुन्छन्, त्यति नै रकम धनगढीको कुनै आश्रमलाई सहयोग गर्ने बताएका हुन् । धामीले उक्त रकम आफ्नी छोरीको जन्मदिनको अवसर पारेर असार १४ गते हस्तान्तरण गर्ने बताएका छन् ।