कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधि सहित ४ जनालाई पक्राउ
धनगढी, ७ जेठ– कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधि सहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार टीकापुर नगरपालिका-८ खक्रौला नाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका-७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन् । उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको गणले जानकारी दिएको छ ।