लम्की चुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी शुशीला शाही

धनगढी, ७ जेठ– कैलाली लम्की चुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी शुशीला शाहीले १२ हजार ७१३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् ।

Bhancha ghar0

त्यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी माओवादीकी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको ३३ हजार ८९५ मत मध्ये ८३७ मत बदर भएको छ । कुल १० वटा वडा मध्ये ५ वटामा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तर्फबाट वडा नं. ३ मा लव शाही, वडा ६ मा लोकेन्द्र कठायत, वडा ७ मा भगवानदिन चौधरी, वडा ९ मा रामप्रसाद चौधरी र वडा १० मा हर्क कठरिया विजयी भएका छन् ।

त्यस्तै वडा नं. १ मा एमालेका नेत्र खनाल, वडा २ मा सन्तोष वली विजयी भएका छन । वडा ४ मा नेकपा एसका ताराप्रसाद अधिकारी, वडा ५ मा माओवादी केन्द्रका माया बिष्ट र वडा ८ मा स्वतन्त्रबाट हरिराम चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । माओवादी केन्द्रकी बिष्ट यसअघि समेत वडाध्यक्ष थिईन् ।

Leave A Reply

Your email address will not be published.