Satyawati
Division ban Pahalmanpur

कैलालीमा ४ पालिका जित्दै रेशमको नागरिक उन्मुक्ति पार्टी पहिलो दल बन्यो

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली, ७ जेठ- कैलालीमा नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ । कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको हो ।

कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको पार्टीले विजय हासिल गरेपछि पहलो दल बन्न पुगेको छ ।

Malpot office dadeldhura

सार्बजनिक मतपरिमाण अनुसार कैलालीमा नेकपा एमालेले अध्यक्षमा चुरे र बर्दगोरिया गरी दुई पालिका जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा, टीकापुर नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका गरी ७ पालिकामा प्रमुख/उपप्रमुख जितेर पहिलो बनेको थियो । यसपालि एमालेले जितेका नगरपालिका गुमाउँदै दुई पालिकामा सिमित बन्न पुगेको छ । नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन स्थानीय तह जितेको छ ।

काँग्रेसले अघिल्लो स्थानीय तहमा धनगढी उपमहानगरपालिका सहित ३ गाउँपालिका सहित ४ पालिका जितेकोमा यसपालि उपमहानगर गुमाएर तीन पालिकामा विजय हासिल गरेको छ । कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरीको नवगठित नागरिक उन्मुक्ति पार्टीले विजय भएको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी ७ हजार १५१ मत ल्याई विजयी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष चौधरी लामो समयदेखि टीकापुरमा रहेर पत्रकारिता गर्दै आएका थिए । पत्रकारिता छोडेर नागरिक उन्मुक्ति पार्टीबाट जानकारी गाउँपालिकामा उम्मेदवार बनेका चौधरी विजयी भएर अध्यक्ष बनेका हुन् ।

चौधरी गठबन्धनका माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई १ हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । महतौले ५ हजार २४२ मत पाए । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई १ हजार ७०४ मतले पछि पार्दै विजयी भएकी छन् । कठरियाले ६ हजार ५६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जानकी गाउँपालिकामा उन्मुक्ति पार्टीले विजय हासिल गरेसँगै कैलालीमा पहिलो दल बन्न पुगेको हो । घोडाघोडीमा एकीकृत समाजवादीका उम्मेदवार नगरप्रमुखमा विजयी भएका छन् । गौरीगंगा नगरपालिका र महोन्याल गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीले भजनी नगरपालिका र कैलारी गाउँपालिकमा विजय हासिल गरेको थियो । यसपालि माओवादीले ती दबै पालिका गुमाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...