कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

धनगढी, ७ जेठ- कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन शनिबार कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।

‘कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, ‘यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइ बुझाइ गरी छाड्नु परेको छ ।’

Navadurga sun

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निणर्यानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए । प्रजि थापाले भने, ‘बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...