गोदावरीमा ५० लाखको लगानीमा होटल गोदावरी ‘क्याम्प एण्ड फायर’ सञ्चालनमा

अत्तरिया, ५ जेठ– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषित कैलालीको गोदावरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । निर्माण व्यवसायी समेत रहेका कुमार बडैलाले गोदावरी नगरपालिका वडा नं.४ गोदावरीमा करीब ५० लाखको लगानीमा होटल गोदावरी ‘क्याम्प एण्ड फायर’ सञ्चालनमा ल्याएका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

बडैलाका बुवा चन्द्रबहादुर बडैलाले रिवन काटेर होटलको विधिवत रुपमा उद्घाटन गरेका छन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूणर् मानिएको गोदावरी क्षेत्रमा घुम्न आउने पर्यटकहरुको सहजता लगायतका कुरालाई ध्यानमा राखेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक बडैलाले बताए ।

Navadurga sun

‘हामीले कैलालीको गोदावरी धामको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर यहाँ दर्शन गर्न, घुम्न तथा अवलोकन गर्न आउने पर्यटकीयहरुको सहजताका लागि होटल सञ्चालनमा ल्याएको छौँ,’ बडैलाले भने, ‘गोदावरीमा बाहिरबाट घुम्न आउने पर्यटकहरुले १० किलोमिटर टाढा अत्तरिया गएर बास बस्न नपरोस् । मिठा परिकारका लागि अत्तरिया नै धाउनेपर्ने अवस्था हट्ने विश्वास पनि लिएका छौँ ।’

उनकाअनुसार उक्त होटलमा एसी, नन एसी कोठा, रेष्टुरेन्ट, बार, मिटिङ हल, क्याटिरिङ तथा क्याम्पीनिङ सम्मको सुविधा रहेको छ । उनले गोदावरी नगरपालिका वडा नं. ४ कै दोगाडेमा रिसोट पनि सञ्चालन गर्ने बताउँदै अहिले निर्माण कार्य चलिरहेको बताए । नेकपा एमाले कैलालीका जिल्ला कमिटि सदस्य समेत रहेका बडैला अनेरास्वीयुको केन्द्रीय सचिवालय सदस्य तथा कैलाली जिल्लाका इन्चार्ज हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...