अत्तरिया, ५ जेठ- कैलालीको गोदावरी नगरपालिकाका नब निर्बाचित जनप्रतिनिधीहरुले सपथ लिएका छन । अत्तरियामा आयोजित एक कार्यकर्मका बिच उनिहरुले सपथ लिएका हुन ।

उनिहरुलाई नब निर्बाचित मेयर बिरेन्द्र भट्टले सपथ खुवाएका हुन । सोही समारोहमा उनिहरुलाई निर्बाचन कार्यालयले प्रमाण पत्र समेत दिएको छ । सपथ लिनेहरुमा नबनिर्बाचित उपमेयर शारदा देबी रोकाया, १२ वटै वडाका वडा अध्यक्षहरु र सदस्यहरु रहेका छन ।
कार्यक्रममा गोदावरी नगरपालिकाका निबर्तमान मेयर हरि सिं सावँद, निबर्तमान उपमेयर रत्ना कडायत, नगरपालिकाका प्रशासकिय प्रमुख, गोदावरी निर्बाचन कार्यालयका प्रमुख, राजनितिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।