बझाङको तलकोटमा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

बझाङ, ३ जेठ–  बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।

Bhancha ghar0

अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए । राप्रपाका ललित प्रसाद जोशीले ३५ मत पाए ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए । स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् । ७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।

Leave A Reply

Your email address will not be published.