सुदूरपश्चिमका ४५ पालिकामा अन्तिम मतपरिणाम: काँग्रेस १९, एमाले १६ र माओवादी ९ पालिका विजयी

अत्तरिया, ३ जेठ– गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ४५ वटाको मतगणना सम्पन्न भएको छ।

नौं जिल्लाका ४५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। जसमा नेपाली काँग्रेसले १९ पालिका जितेको छ भने नेकपा एमालले १६, माओवादी केन्द्रले ९ पालिकामा जित निकालेको छ भने स्वतन्त्रले एक पालिका जितेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
अछाम ढाकरी गाउँपालिका–प्रकाशबहादुर साउद
अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
अछामको बान्नीगढीमा कांग्रेस – टेक बहादु साँउद
अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
बझाङक बुंगल नगरपालिका – जय बहादुर धामी
डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
डोटी सायल गाउँपालिका – धर्मराज जोशी
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना

नेकपा एमाले विजयी भएका पालिकाहरू
कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया
बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
दार्चुलाको दुहु गाँउपालिका –नरेन्द्र बहादुर बडाल
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर
बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी
डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू
दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट
बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी
अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद

स्वतन्त्र उम्मेदवार
बैतडीको डिलासैनी गाउँपालिका सन्तोषप्रकाश जोशी

Loading...