
बझाङ, ३ जेठ- बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका धामी ३८७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
उनले गुलाफको फूल चुनाव चिन्ह पाएका थिए । धामीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिशिर धामीले २४२ मत पाए । त्यस्तै गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मीनबहादुर मण्डेलले २५४ मत पाए ।