कैलालीकाे चुरेमा एमालेका बोगटी विजयी

धनगढी, २ जेठ-  कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन्। सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका बोगटी निर्वाचित भएका हुन् ।

Bhancha ghar0

बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी धाना थापा निर्वाचित भएकी छन् । थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन् ।

Leave A Reply

Your email address will not be published.