रेशम चौधरीको पार्टी टीकापुरमा दोब्बर मतले अगाडि

धनगढी, ३१ बैशाख- कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ। शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्।

Bhancha ghar0

नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.