७५३ पालिकाकै मतगणनामा सिसीटिभीबाट निगरानी!

स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा निर्वाचन आयोगले देशैभर सिसीटिभीबाट निगरानी गर्ने भएको छ।स्थानीय तहका मतगणनास्थलमा केन्द्रबाटै सिसिटिभी क्यामेराबाट निगरानी तयारी गरिएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सबै पालिकाका मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरेर निगरानी तयारी अघि बढाइएको जानकारी दिए।

Navadurga sun

देशभरका ७५३ वटा पालिकाको अनुगमन निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाट गर्नेछ।७५३ पालिकामध्ये लगभग ५ सय वटा पालिकाको क्यामेरा जडान भइसकेको पौडेलले बताए।

बाँकी पालिकासँग समन्वय गरेर बुधबार र बिहीबारसम्ममा क्यामेरा जडान गर्ने तयारी अघि बढेको पौडेलले बताए।

‘मतपत्र सुरक्षाका लागि प्रबन्ध मिलाउने गरी आयोगले तयारी गरेको हो’, उनले भने, ‘केही पालिकामा स्पेसिफिकेसन भन्दा फरक जोडिएकाले सर्भरमा मिलाउन आयोगले छलफल अघि बढाएको छ।’

स्थानीय तह निर्वाचनको मौनअवधि मंगलबार राति १२ बजेबाट सुरु भइसकेको छ। आयोगले मौन अवधिमा गर्न पाइने र नपाइने कामबारे आचारसंहिता जारी गरिसकेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...