इन्जिन फेल भएपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण गराइयो

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ। इन्जिन फेल भएपछि बीचबाटै जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले केही समयअघि जहाज सकुशल अवतरण भएको नेपालखबरलाई जानकारी दिए। उनले भने, ‘यहाँ (काठमाडौं)बाट जहाज धनगढीको लागि उडेको थियो। एउटा इन्जिन फेल भएपछि जहाज केही समयअघि अवतरण भएको छ।’ जहाजमा ८० यात्रु थिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...