गठबन्धनको सरकार नेपाली जनताको हितमा नरहेको : सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट

डोटी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले गठबन्धनको सरकार नेपाली जनताको हितमा नरहेको बताएका छन् । आइतबार डोटीको जोरायलमा भएको चुनावी आम सभालाई सम्बोधन गर्दै भट्टले ओली सरकार मात्र नेपाल र नेपालीहरूको भलोमा रहेको बताएका थिए ।

‘केपी ओलीले भारतलाई लिखित नेट पठाउनु भयो र सांसदबाट चुच्चे नक्सा आयो’ उनले भने, ‘सायद केपी ओलीको ठाउँमा अर्को भएको भए त्यो प्रगति हुन सक्ने अवस्था थिए । ’ दार्चुलामा एसएबीबाट जयसिंह धामीलाई तुइन काटेर महाकालीमा बगाउँदा पानी सरकारले केही नबोलेको भन्दै आलोचना गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

काँग्रेसले बिपी कोइरालाको आदर्श छोडेको बताए । उनले भने, ‘भारतलाई सोध्न नसक्ने यो सरकारले नेपालीको रक्षा गर्न सक्दैन।’ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सर्वोच्चले तोक्ने कुरा गलत रहेको समेत भट्टले बताएका थिए ।

‘सर्वोच्चले प्रधानमन्त्री तोक्दैन । सदनले तोक्छ’ उनले भने, ‘जनादेश लिन संसद् विघटन भएको थियो । परमादेश आउँदा लड्डु खाएकाहरू अहिले तिते पाटी खानु परेको छ । ’ प्रचण्डले जनयुद्धका घाइतेहरूको उपचार गर्ने बताए पनि अहिले चासो नदिएको बताए । उनले बेपत्ता र सहिद परिवारको अवस्था बारे प्रचण्डलाई चासो नभएको भन्दै भेटाए सोध्न आग्रह गरेका थिए । उनले देउवा र दाहालको तालमेल पनि गलत रहेको बताए ।

राष्ट्र र राष्ट्रियताको लागि एमालेलाई विजयी गराउन पनि उनले आग्रह गरेका थिए । भट्टले दुर्गा ओझा र जमुना बोहरालाई विजयी गराउन आग्रह गरेका थिए ।

Loading...