काँग्रेसका उम्मेदबार जिताउन नेविसंघद्वारा युवा दस्ता गठन

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले निर्वाचन प्रचारप्रसार गर्नका लगि नेविसंघ दस्ता तयार गरेको छ ।स्थानीय तहको निर्वाचन लक्षित गर्दै आफ्ना उम्मेदबारका पक्षमा माहोल बनाउनका लागि नेविसंघले वडा वडामा युवा परिचालन गर्न नेविसंघ युवा दस्ता तयार गरेको हो ।

धनगढी उपमहानरका १९ वटा वडामा नेविसंघले युवा परिचालन समुह र प्रचारप्रसार गर्न उक्त युवा दस्ता तयार गरेको नेबिसंघ केन्द्रिय परिचालन समिति केन्द्रिय सदस्य तथा नेबिसंघ धनगढी प्रचाप्रसार संयोजक मनिष कुँवरले जानकारी दिए ।

Navadurga sun

धनगढी नगरका लागि १९ वडामा मेयर देखि वडा सदस्य सम्म जिताउनका लागी ५ सय एक नेबिसंघ युवाहरू समिति गठन गरेको कुँवरले बताएका छन् । हरेका वडामा छुट्टाछुट्टै समिति बनाएर युवा दस्ता तयार गरेको बताईएको छ ।

धनगढीको वडा नं १ मा अमर बिष्ट को संयोजकमा २२ जना सदस्य , वडा नं २ मा टंक ओझाको संयोजकमा २७ जना, वडा नं ३ मा संन्दिप आचार्यको संयोजकमा २५ जना, वडा नं ४ मा एसपि भट्टको संयोजकमा ४२ जना, वडा नं ५ मा महेश धामीको संयोजकमा १२ जना, वडा नं ६ मा तपेन्द्र नेगीको संयोजकमा २२ जना, वडा नं ७मा राजिव चौधरी को संयोजकमा १२ जना, वडा नं ८ मा रोशन जोशीको संयोजकमा १४ जना, वडा नं ९मा पवन भट्टको संयोजकमा ११ जना, वडा नं १० मा राजेश रानाको संयोजकमा २९ जना, वडा नं ११ मा शुशिल देउबाको संयोजकमा २० जना, वडा नं १२ मा पुरनजंग थापा संयोजकमा ३२ जना, वडा नं १३मा शिवबहादुर जोराको संयोजकमा २२ जना, वडा नं १४ मा योगेश जोशीको संयोजकमा १७ जना, वडा नं १५मा उमेश रोकायाको संयोजकमा १६ जना, वडा नं १६ मा ओमप्रकाश देउबाको संयोजकमा २२ जना, वडा नं १७ मा रमेश बोहराको संयोजकमा १५ जना, वडा नं १८ मा छत्रराज जोशीको संयोजकमा १० जना, वडा नं १९ मा कमल ऐडीको संयोजकमा १२ जना सदस्य रहेको नेविसंघ युवा दस्ता गठन गरेको नेविसंघका नेता निराजन खड्काले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...