राष्ट्रिय बक्सिङ प्रतियोगितामा पदक जित्ने सुदूरपश्चिमका खेलाडीलाई सम्मान

बैशाख ६–१० गतेसम्म काठमाडौको बसन्तपुर डबलीमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

नेपाली पश्चिमेली समाज मकाउका बरिस्ठ सल्लाहकार तथा बक्सिङका पुर्व राष्ट्रिय खेलाडी तेज बहादुर चन्द र पदम सिंह पन्तले प्रतियोगितामा दोश्रो तथा तेस्रो हुने खेलाडीलाई १६ हजार रुपैया नगद उपलब्ध गराएका थिए ।

Navadurga sun

प्रतियोगितामा ८१ केजि तौल समुहमा दोस्रो पदक प्राप्त गर्ने श्याम बहादुर महतालाई नगद १० हजार र ६९ केजि तौल समुहमा तेस्रो हुने भरत चन्दलाई ६ हजार रुपैया नगद बितरण गरिएको थियो ।

बक्सिङ संघका केन्द्रिय सचीव दिनेश सिंह, कैलाली जिल्ला अध्यक्ष रबि रोकाया, सुदुरपश्चिम प्रदेश सदस्य दीपक उपाध्याय र बक्सिङका पुर्व राष्ट्रिय खेलाडी राजेन्द्र सिंह धामीले नगद तथा खादा लगाएर सम्मान गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...