


दार्चुलामा जीप दुर्घटना भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-१ मेलखेतमा एमालेको प्रचारमा प्रयोग गरिएको म १ ज २३९ नम्बरको जीप शनिबार राति दुर्घटना भएको हो ।


एमालेको प्रचार प्रसारमा प्रयोग गरिएको उक्त जीप सडकबाट २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जीप मालिकार्जुन-७ का वडाध्यक्ष लोकेन्द्रसिंह धामीको रहेको बताइएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।





