नेपाली काँग्रेस धनगढी मेयरका उम्मेदवार वडको फेसबुक ह्याक

नेपाली काँग्रेसबाट धनगढीमा नगरप्रमुखका उम्मेदवार नृपबहादुर वडको फेसबुक आइडी ह्याक गरिएको छ ।उम्मेदवार नृपबहादुर वडका अनुसार तीन दिन पहिले फेसबुक आइडी ह्याक भएको हो ।

बिहीबार देखि फेसबुक चलाउन खोज्दा नचल्ने भयो उम्मेदवार वडले भने, ‘ मलाई मोबाइलमा समस्या आएर नचलेको हुनसक्छ भन्ने लाग्यो तर आइटीलाई चेक गर्न लगाउँदा फेसबुक आइडी नै ह्याक गरेको रहेछ ।”

Navadurga sun

फेसबुक आइडी ह्याक विपक्षी उम्मेदवारले योजनाबद्ध रुपमा गरेको हुन सक्ने बताए । उनले भने, ‘अनुसन्धानको प्रक्रियाका लागि निवेदन गर्दैछु । ”

चुनावको प्रचार प्रसारका क्रममा महत्त्वपूर्ण सूचना लिने, दुरुपयोग गर्ने तथा जनसम्पर्कलाई विच्छेद गर्ने उद्देश्यले आफ्ना विरुद्ध साइबर अपराधी प्रयोग गरिएको उम्मेदवार वडले बताए ।

लामो समय देखि आफ्ना विरुद्ध सामाजिक सञ्जालको दुरुपयोग गर्दै झुटो प्रचारप्रसार गर्ने विपक्षी उम्मेदवारले सुनियोजित रुपमा साइबर अपराधी प्रयोग गरेको हुनसक्ने उम्मेदवार वडले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...