

आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ । चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण गरि आउँदो आर्थिक वर्ष २०७९र०८० देखि बस्ती निर्माण गरिने भएको हो ।


सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार वस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत अग्नि पीडित मुक्तकमैयाका बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका हुन् ।



प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले अगाडि थपिन्, ‘यहाँका मुक्तकमैयाले अझैसम्म जग्गाको लालपूर्जासमेत नपाएकोले यसै ठाउँको लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने छ । यसका साथै आयआर्जनका कार्यक्रम पनि सञ्चालन प्रदेश सरकारमार्फत हुनेछ ।’
प्रदेश सरकारले तत्काल पूर्ण क्षति ब्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । त्यस्तै, बर्खे खेतीको लागि धानको बीउ निशुल्क दिने र घर बनाउनलाई काठ पनि निःशुल्क दिने मन्त्री चौधरीले जानकारी दिइन् ।
वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भएको हो ।७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यन्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए ।
आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेका छन् । १२ घर आंशिक रुपमा जलेका छन्, भने ३२ घरमा सामान्य क्षति भएको गाउँका भलमन्सा हिंगुराम चौधरीले जनाए ।

