गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउदै कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

धनगढी, ९ बैशाख- कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।

Navadurga sun

‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रिय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन् । धनगढी उपमहानगरपालिका–१८ मा अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...