धनगढीमा घोषणा पत्रमा प्राथमिकता र उम्मेदवारको प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रम

धनगढी, ७ बैशाख– कैलालीमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार महासंघले धनगढीमा आसन्न स्थानीय तहको निर्वाचन लक्षित अविभावकको भूमिका सहित विद्यालय शिक्षामा सुधार घोषणा पत्रमा प्राथमिकता र उम्मेदवारको प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Dadeldhura hospital

अन्तरक्रियामार्फत आसन्न निर्वाचनमा स्थानीय तहका विभिन्न राजनैतिक दलका उम्मेदवार तथा आकांक्षीहरुबाट शैक्षिक क्षेत्र सुधारका लागि प्रतिबद्धता लिइएको छ । यस्तै कार्यक्रममा स्थानीय तहको निर्वाचनमा सहभागी हुने दलका घोषणापत्रका सवालमा समेत छलफल गरिएको छ ।

Navadurga sun
Godawari sandesh

शिक्षा निती तथा अभ्यास केन्द्रले सहकार्य गरको उक्त कार्यक्रममा बिभिन्न दलका प्रतिनिधि तथा स्थानीय तहका उम्मेदवार, सन्चारकर्मी र शिक्षा क्षेत्रसंग सम्बन्धित प्रतिनिधिहरुको सहभागितामा थियो । २०७० सालमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको थियो। उक्त महासंघले शैक्षिक गुणस्तर एवं विद्यालय सुधारका लागि काम गर्दै आएको महासंघकी केन्द्रीय सचिव देवी खड्काले बताइन् ।

Loading...